बैतडीमा माओवादी केन्द्रको सिंगो वडा कमिटी एमालेमा प्रवेश

बैतडी; बैतडीमा नेकपा माओवादी केन्द्रको सिंगो वडा कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ । मंगलवार जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ७ को नेकपा माओवादी केन्द्रको सिंगो वडा कमिटी एमालेमा प्रवेश गरेको हो । वडा कमिटी अध्यक्ष गणेश बडुको नेतृत्वमा सिंगो वडा कमिटी संगै नगरकमिटी सदस्य र बिभिन्न जनबर्गिय संगठन सहितका पदाधिकारी सहित ३२ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले केन्द्रिय सदस्री एबम बैतडी जिल्ला सह–ईन्चार्ज लिलाधर भट्टले जानकारी दिनु भएको छ । पार्टी प्रप्रवेशीहरुलाई पार्टीका केन्द्रिय सदस्य पुरन दयाल, लिलाधए भट्ट तथा जिल्ला अध्यक्ष सुरेन्द्र पालले टीका तथा दोसल्ला ओढाएर स्वागत गरेका छन ।

Loading...