जिल्ला अदालत बझाङमा कर्मचारीलाई कोरोना देखिएपछि आवश्यक सेवा बाहेक अन्य सेवा बन्द

Image

बझाङ । न्यायाधीशसहित एक जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत बझाङले अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ ।सेवाग्राही र अन्य कर्मचारीलाई कोरोना सर्ने जोखिम बढेपछि जिल्ला अदालत बझाङले अति आवश्यक बाहेकका सेवा बन्द गरेको हो । स्वास्थ्य परीक्षण गर्दा जिल्ला न्यायाधीश लगायत कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर माघ १४ गतेसम्मका लागि अति आवश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ । संक्रमण नियन्त्रणमा नआए थप केही दिन सेवा रोकिने पनि बताइएको छ ।

अदालतका कर्मचारीहरूका अनुसार जिल्ला अदालत बझाङबाट हदम्याद सकिने फिराद पत्र, उजुरी, प्रतिउत्तर पत्र तथा अभियोग दर्ता, प्रतिवादीको बयान, थुनछेक आदेश, पक्राउ पुर्जी तथा पक्राउ पुर्जी स्वीकृति, हिरासत निगरानी कक्षमा राख्ने अनुमतिको आदेश दिने तारिख लिने लगायतका सेवा मात्र प्रवाह हुने छन् । रेडियो नेपाल

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन