२५पौष बैतडी ; नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा सुरेन्द्र पाल चयन भएका छन् । शुक्रवारदेखि पाटनमा जारी आठौँ जिल्ला अधिवशेनबाट पाल सर्बसम्मत अध्यक्षमा चयन भएका हुन् । लामो कसरत पछि अध्यक्षका अर्का दाबेदार गोरख बहादुर चन्दले सहमती गरेपछि बर्तमान अध्यक्ष समेत रहेका पाल सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अन्य पदाधिकारीहरु पनी सर्बसम्मत चयन भएका छन् । अधिवेशनबाट एमालेको जिल्ला उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली सर्बसम्मत चयन भएका छन् । एमाले आँठौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा चयन भएका बम केही समय अगाडी मात्रै नेकपा माओवादीबाट एमालेमा प्रबेश गरेका थिए ।
अध्यक्षमा पाल चयन भएपछि १५ जना जिल्ला भुगोल तर्फका खुला सदस्यह पदको लागी पनि सहमतिको प्रयास भइरहेको छ । १५ जनाको कोटा रहेकोमा १७ जनाको उम्मेदवारी परेपछि जिल्ला भुगोल तर्फका सदस्यहरुको लागी पनी सहमतिको प्रयास भइरहेको सचिवालय सदस्य बलभद्र दयालले जानकारी दिनुभयो । यसैबिच डिलाशैनी गाउँपालिकाको पालिका भुगोल अन्र्तगत खुला तर्फका सदस्य लागी पनी ५ जनाको कोटा रहेकोमा ६ जनाको उम्मेवदवारी परेपछि सहमतिकोलागि कसरत भइरहेकोछ ।