सुदूरपश्चिममा एकैदिन १५८ जनामा कोरोना पुष्टि

धनगढी ; भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ३८५ जनाको परीक्षण गर्दा एक सय एक जनाको एन्टिजेन र ५७ जनाको पीसीआर प्रविधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। निर्देशनालयका अनुसार भारतबाट आएका नागरिकमा संक्रमण देखिने दर ह्वात्तै बढेको हो। आज मात्रै भारतबाट स्वदेश फर्केका ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४० जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका चार नाका भएर आज एक हजार ३४५ नेपाली स्वदेश फर्केका छन्। दिनेश खबरबाट

Bungal Purai
Bithadchir 2
Loading...