जिल्ला कारागार बैतडीमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या
जनक साउँद, बैतडी– जिल्ला कारागार बैतडीमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या हुँदै आएको छ । कारागारमा अहिले क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा ब्यवस्थापनमा समस्या हुँदै आएको हो । २०४० सालमा स्थापना भएको जिल्ला कारागारमा १० जना महिला र १५ जना पुरुष गरी २५ जनाको क्षमता रहेकोमा अहिले ५९ जना कैदी र २२ जना थुनुवा गरी ८० जना रहेको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिनुभएको छ ।
क्षमता भन्दा बढी कैदीबन्दी हुँदा ठाउँ अभाव भएकाले दुईतले खाट बनाएर सुताउने गरेको जेलर तिवारीले बताउनुभयो । कारागार भित्रका भौतिक संरचनाहरु अति नै जिर्ण बनेकाले प्रत्येक बर्ष मर्मत गर्नु पर्ने बाध्यता रहेको छ । कारागार भवनका छतहरु जीर्ण हुँदा बरिखाको समयमा तथा हिउँदको समयमा पनी पानी परेको बेला समस्या हुँदै आएको छ । यस्तै कारागार भित्रका भौतिक संरचनाहरुको मर्मत सम्भारका लागी सुदुरपश्चिम प्रदेश सरकार आन्तरिक मालिला तथा कानुन मन्त्रालयबाट चालु आर्थिक बर्षमा बजेट बिनियोजन भएको छ । बिनियोजित बजेटमा अहिले कारागारका भौतिक संरचना मर्मतको काम समेत शुरु भईसकेको जेलर तिवारीले बताउनुभयो ।
यस्तै बिहिवार सुदुरपश्चिम प्रदेश सरकारकी आन्तरिक मालिला तथा कानुन मन्त्री पुर्णा जोशीले कारागार कार्यालयको निरीक्षण पनी गरेकी छन् । कारागारहरु संघिय सरकार मातहत रहेको भएपनि प्रदेश सरकारले मर्मतका लागी बजेट बिनियोजन गरेको मन्त्री जोशीले बताएकी छन् । “कारागार कार्यालयका नयाँ भौतिक संरचनाहरु त हामी निर्माण गर्न सक्दैनौ तर सामान्य मर्मत संम्भारका लागी चालु आर्थिक बर्षबाट हामीले बजेट बिनियोजन गर्न थालेका छौ ।” कानुन मन्त्री जोशीले भन्नुभयो । कारागार कार्यालयहरुको मर्मतका लागी प्रदेश सरकारले बजेट बिनियोजन गरे पनि कार्यान्वयन गर्ने कार्यालय प्रदेश मातहतको नभएकाले महालेखा परीक्षकले मन्त्रालयको नाममा बेरुजु देखाउने तर पनी राम्रो कामकोलागी आफु र आफ्नो मन्त्रालयले आटँ गरेको मन्त्री जोशीको भनाई छ ।