पुर्व राज्यमत्री सिहँको वडामा नेपाली कांग्रेस परित्याग गरि पुरैगाउँ एमालेमा प्रवेश

Image

बझाङ । नेपाली कांग्रेस  परित्याग गरि बुङ्गल नगरपालिकाको एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । नेपाली कांग्रसका प्रभावशाली नेता तथा पुर्व राज्यमन्त्री समेत रहेका नरेश बहादुर सिहँ र बुङ्गल नगरपालिकाका मियर धन बहादुर बिष्टको वडामा वसोवास गर्ने बुङ्गल नगरपालिका वडा नं ९ दुदिलाका एक सयभन्दा स्थानीय नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य आरविक्रम ओखेडाले बताए।

नेपाली कांग्रेसले अहिले सम्म भोट माग्न मात्रै गाउँमा आउने गरेको र जितिसकेपछि आफ्नो गाउँमा कुनै विकास नगरेको भन्दै कांग्रेस प्रति असन्तुष्ट भएर सो गाउँका ४६ घरपरीवार नेकपा एमाले जिल्ला कमिटी सदस्य आरविक्रम ओखेडाको नेतृत्वमा बिहिबार  एमालेमा प्रवेश गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्