बझाङ; बझाङमा नक्कली नागरिकता बनाउनका लागि कागजात बनाउन सिफारिस गरेको आरोपमा एक वडाध्यक्षसहित पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको जयपृथ्वी नगरपालिकाका वडा नं १ का वडाध्यक्ष गगन सिँह सहित अन्य पाँच जना लाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए । प्रमुख प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार वडा नं १ कै सतिश बहादुर सिँहको नक्कली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्षसहित सो कार्यालयका वडा सचिव करण विक र लेखापाल अजयबहादुर सिंहलाइ पनि पक्राउ गरिएको छ। यस्तै, सोही वडामा रहेको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक ऐनबहादुर सिंहलाई पनि नक्कली सर्टिफिकेट बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रधानाध्यापक सिँहलाई सतिशको कक्षा ८ को नक्कली मार्कसिट र सर्टिफिकेट बनाईदिएको भन्दै पक्राउ गरिएको बताइएको छ।
२०६८ सालमा एसएलसी दिएर फेल भएका सतिशको नक्कली मार्कसिट बनाएर नेपाल प्रहरीमा जागिर लगाईदिने आश्वासन दिएर नक्कली प्रमाणपत्र जुटाउन लागेको खुल्नमा आएको छ। जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक उनले नागरिकता लिएका थिए। अहिले उनैको नाम परिवर्तन गरेर वडाबाट सिफारिस आएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ। दिनेश खबर बाट
बझाङमा नक्कली नागरिकता बनाउन सिफारीस गर्ने वडाध्यक्षसहित पाँच जना पक्राउ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन












