बुङ्गलमा अपांगका लागि विनियोजित बजेटमा अनियमितता प्रसासन र अख्तियारमा उजुरी

 बझाङ ;  बझाङको बुंगल नगरपलिकाभित्रका अपांंगता भएका नागरिकको लागि विनियोजित बजेट हिनामिना भएको पाइएको छ ।आर्थिक वर्ष ०७७र७८मा बुङ्गल नगरपालिकाले नगरपालिकाभित्रका अपांगहरुले व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बनाउने भन्दै ११ लाख रुपयाँ विनियोजन गरेकोे थियो । तर अपांगहरुका लागि छुट्याइएको रकम कार्यान्वयन नगरी अनियमितता गरेको आरोप अपांग संघ बुङ्गनगरपालिकाका निवर्तमान अध्यक्ष गणेश पुरीमाथि लागेको छ ।

आरोपित पुरीले अपांगहरुका लागि छुट्याइएको ११ लाखमध्ये पहिलो किस्ताको ४ लाख रकम झिकेर केही काम नगरी चरम बेथिति अर्थात अनियमितता गरेको भन्दै अपांग संघका अन्य पदाधिकारीहरुले जिल्ला प्रसासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धानमा समेत उजुरी दर्ता गरेका अपांग संघ बुङ्गल नगरपालिकाका सदस्य रामबहादुर बोेहराले बताए । रकम हिनामिनाको आरोप लागेका पुरीले भने अपांगहरुका लागि बाख्रापालन, कुखुरापालन गर्नको लागि भन्दै नगरपालिकामा सम्झौता गरी पहिलो किस्ताबापतको चार लाख रुपयाँ झिकेको उक्त रकम संस्था दर्ता, आवातजावत र खानाखर्चमै सकिएको बताएका छन् ।

पुरीले भने( ‘संस्था दर्ता र बिधान निमार्ण, आवत जावत खर्च, आदिमै ४ लाख रकमले नपुगेर अझै खानाको रकम तिर्नुपर्ने बाँकी छ, म गरिवीका कारण अर्काको घरमा बस्दैछु । कोेरोना भाइरसको कारणले काम गर्न नसकेर दोस्रो किस्ताको रमक भुक्तानी नभइ फ्रिज भएको हो । मैले एक पैसा पनि अनियमितता गरेको छैन, मलाई अपांग संघको अध्यक्षबाट हटाउनको लागि झुटो आरोप लगाएर षडयन्त्र गरिएको हो ।’बुङ्गल नगरपालिकाकी उपप्रमुख मिना जाग्रीले पनि नगरपालिकाका कर्मचारी र अपांग संघ बुङ्गनगरपालिका निवर्तमान अध्यक्ष पुरीले मिलेर रकमको दुरुपयोग गरेको दाबी गरिन् । अपांग संघले आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै उपप्रमुख जाग्रीले नगरपालिकाकै भ्रष्टहरुले पुरीसँग मिलेर अपांगहरुको लागि विनियोजित रकम हिनामिना गरेको बताएकी हुन् ।

यस बिषयका जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले छिट्टै नगरपालिकामा गएर यथार्थ बुझ्ने र अनियमिता गरेको पाइए फाइल तयार गरी कारवाहीका लागि अख्यिारमा दुरुपयोग अनुसन्धानको कार्यालायल कन्चपुर पठाउने बताए । अपांगता भएकाहरुको लागि आएको रकम अपांग संघकै अध्यक्षले हनामिना गरी व्यक्तिगत तवरले कुम्लाउनु भ्रष्टाचार एवम् गैरजिम्मेवरीपन भएकाले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने अपांग संघ बुङ्गल नगरपालिकाका सचिव जगत नाथले माग गरे ।

Loading...