बैतडीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

बैतडी ;  जिल्ला अस्पताल बैतडीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नं १ का ८५ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।

बिहीवार दिउसो मात्रै कोरोना पुष्टि भएर जिल्ला अस्पताल भर्ना भएका वृद्धको शुक्रबार राती ९ बजे मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिनुभयो । बैतडीमा कोरोना सङ्क्रमणका कारण हालसम्म १९ जनाको ज्यान गइसकेको छ।

Loading...