एमाले बझाङ जिल्ला इन्चार्जमा सिँह र सहइन्चार्जमा तीन जनाले पाए जिम्मेवारी

बैतडी –नेकपा एमाले बझाङको इन्चार्जमा भैरभ बहादुर सिँह र सहइन्चार्जमा आशा बिक ,अफिलाल ओखेडा र ऐन महरलाई जिम्मेवारी तोकिएको छ । केन्द्रिय कमिटिले कार्यविभाज गर्दै सिँहलाई जिल्ला इन्चार्ज सहित तीन जनालाई सहइन्चार्जको जिम्मेवारी दिएको हो ।
सिहँ सहित तिनै जना एमालेको दशौं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । पार्टीले जिम्मेवारी दिएपछि आफू पार्टी संगठन विस्तारमा लागेको सहइन्चार्ज ऐन महरले बताए । अब जिल्लाभरी संगठन अभियान विस्तार र लगाएत पार्टीलाई सुदृढ बनाउने कायक्रमलाई अघि बढाउने उनले बताए ।
पार्टी केन्द्रिय निती अनुसार पार्टी प्रवेश कार्यक्रम सञ्चालन गरिने सहइन्चार्ज महरले जानकारी दिए ।

Bungal Purai
Bithadchir 2
Loading...