सुदूरपश्चिममा बुधबार थप १३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा बुधबार थप १३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।पीसीआर विधिबाट गरिएको परीक्षणमा कैलालीमा ४ जना, बैतडी, कञ्चनपुर र बाजुरामा एक /एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कञ्चनपुरमा ४ जना र कैलालीमा एकजना कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९५६ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको हो । प्रदेशभरी अहिले सम्म ४ लाख १९ हजार २९० जनाको कोरोना परीक्षण गर्दा ४८ हजार १४७ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ६१२ जनाको मृत्यु भएको छ भने बाँकीले कोरोना जितेको निर्देशनालयले जनाएको छ ।

Loading...