दिपेन्द्र भण्डारी बैतडी ; बैतडीको पाटन नगरपालिका –९ रहेको श्री ज्ञानेश्वर नमुना माध्यामिक विद्यालयको ४७ औं बार्षिको उत्सव तथा अबिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीस बिष्टको अध्यक्षतामा भएको यस कार्यक्रका प्रमुख अतिथि जिल्ला विकास समन्वयन एकाइका प्रमुख नरेन्द्र प्रशाद अवस्थी रहनु भएको थियो । विशिष्ट अतिथि पाटन नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष तथा पाटन नगरपालिकाका प्रवक्ता लोक बहादुर भण्डारी रहनु भएको थियो ।
विद्यालयको प्रांगणमा बुधबार आयोजित ४७ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रशाद अवस्थीले जिवनको पहिलो आधार नै शिक्षा भएकोले बिद्याथीहरुलाई शिक्षामा विशेष जोड दिन अनुरोध गर्नु भएको छ । त्यस्तै उहाले पछिल्लो समय मोबाईल फोनको दुरुपयोग बढीरहेकाले प्रबिधिको युगमा मोबाइल फोन सहि तरीकाले प्रयोग ,सदुपयोग गर्न तथा अबिभावकहरुलाई पनि बालबच्चाको बारेमा बेलाबेलामा ध्यानदिन आग्रह गर्नु भएको छ ।
त्यस्तै पाटन नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष तथा पाटन नगरपालिकाका प्रवक्ता लोक बहादुर भण्डारीले सामुदायिक बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताउदै विद्यालयहरुले विद्यार्थीको संख्यात्मक भन्दा गुणस्तरिय र ब्यवारिक शिक्षामा ध्यान दिनुपर्ने बताउनु भयको थियो ।उहाले आफु पदमा रहदा र नरहदा जुनसुकैबेला पनि विद्यालयको विकासको लागि कुनै पनि कसर बाकि नराख्ने बताए । प्रधानाध्यापकले आर्थिक वर्ष २०७७÷७८ को २ करोड ९३लाख ८४ हजार ७ सय ३९ रुपैयाँको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।