बैतडीको पञ्चेश्वरमा भालुको आक्रमण बाट दुईजना घाइते

बैतडी; बैतडीमा भालुको आक्रमणबाट शनिबार दुईजना घाइते भएका छन् । घाईते हुनेमा पञ्चेश्वर ५ नेटाका ३२ बर्षीय महेशराम भुल र ४० बर्षीया कमला चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । घर नजिकैको जंगलमा घाँस दाउरा काट्न गएका बेला भुल र चन्दमाथि भालुले आक्रमण गरेको हो । महेशराममाथि दिउँसो १२ बजे र चन्दमाथि दिउँसो १ बजे भालुले एकै जंगलमा आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट घाइते भएका भुलको बाँया हात र टाउकोमा चोट लागेको छ भने चन्दको दाहिने हात,छाती र टाउकोमा चोट लागेको प्रहरी निरीक्षक ओझाले बताए । घाइते दुवैलाई जिल्ला अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको उनले बताए ।

Bungal Purai
Bithadchir 2
Loading...