बैतडी ; बैतडीमा पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सख्या पाँच पुगेको छ । सोमबार साझ भएको जिप दुर्घटनामा दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
त्यस्तै दुर्घटनामा परी गम्भीर घाईते भएकी पाटन १ की ४० बर्षिय जानकी भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । घाईत मानध्वज भट्टारई र ओमप्रकाश भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रामा उपचार सम्भब नभएपछि थप उपचारका लागी डडेल्धुरा रिफर गरिएको हो । दुर्घटनामा परेर घाइते ३८ वर्षीय बिष्णु भट्टराई, , १० वर्षका दिपक भट्टराई, र ४० वर्षीय गोबिन्दी बिकको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।