बैतडीमा जिप दुर्घटना ; ४ जनाको मृत्यु ६ जना घाइते

बैतडी –बैतडीमा जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो ।  दुर्घटनामा परेर  ज्यान गुमाउनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको रहेका छन् । दुर्घटनामा परेर ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । अहिले घाइते सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरी निरीक्षक शाहीले बताए । चालक भने फरार रहेका छन् ।थप विवरण आउन बाकी रहेको छ भने घटनाको कारण खुल्न सकेको छैन् ।

Bungal Purai
Bithadchir 2
Loading...