रेडियोको कर्मचारी हुँ भन्दै ठगी गर्ने बैतडीका एक युवक पक्राउ

Shivashankar

बैतडी । बैतडीका एक युवक ठगीको आरोपमा पक्राउ परेका छन् । रेडियोको कर्मचारी हुँ भन्दै ठगी गर्ने बैतडीको पुचाँैडी नगरपालिका – ८ लामुनिका वर्ष १६ का सत्यप्रकाश जोशीलाई शनिबार बझाङको रायल प्रहरी चौकीको टोलीले पुचौडी नगरपालिका बाट पक्राउ गरेको हो । दार्चुलाको रेडियो लिपुलेक लगायत बझाङ जिल्लाका रेडियोहरुको नाम लिदै म रेडियोको कर्मचारी हुँ भनेर विज्ञापनको पैसा उठाउदै आईरहेको थाहा पाएपछी बझाङको देउरा बजारमा रहेको रेडियो केदारले आफ्ना बार्षिक ग्राहकबाट पैसा असुलेको पाएपछी प्रमाणका आधारमा रेडियो केदारले रायल प्रहरी चौकी देउरा बझाङमा उजुरी दर्ता गराएको थियो ।सोहि उजुरीको आधारमा रायल प्रहरी चौकीले शनिबार साँझ पक्राउ गरेर बझाङ ल्याएको रेडियो केदारका अध्यक्ष धनराम बोहराले बताउनुभयो । जोशीले व्यापारिहरुलाई फोन गर्दै आफु रेडियोको कर्मचारी रहेको र पसलको विज्ञापन बजाई दिने भन्दै फोन गरेर पैसा असुलेको बुझीएको छ । जोशीलाई रायल प्रहरी चौकीले पैसा अशुल घरी घरपरिवारको जिम्मा लगाएकोे रायल प्रहरी चौकीका असई धन सिह बडालले बताउनुभयो । साइपाल खबर बाट

Hohel Kananga
Loading...