बझाङ हिरासत भित्रै रहेकी एक महिलाले गरीन् आत्महत्याको प्रयास

Image
तस्विर ः जिल्ला प्रहरी कार्यालय बझाङ

बझाङ– जिल्ला प्रहरी कार्यालय बझाङमा हिरासतमा रहेकि एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । मंसिर १४ गते २८ किलो लागु औसध चरेस सहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका वडा नं ३, की कल्पना रोकायाले हिरासत भित्रैै झुण्डीएर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानको लागि दोस्रो पटक म्याद थप गर्ने तयारी हुदै गर्दा सौचालय जाने बहाना बनाएर उनले जिल्ला प्रहरी कार्यालयको हिरासतको सौचालय भित्रै झुण्डिएकी थिइन ।आफुले प्रयोग गर्ने गरेको तौलियालाई सौचालयको भेन्टिलेसनमा रहेको रडमा बाधेर उनले आत्महत्याको प्रयास गरेको बझाङका प्रहरी प्रमुख डिएसपी ज्ञानबहादुर विस्टले बताए ।

‘‘पासो लाउन प्रयोग गरेको तौलिया लचकदार भएकोले उनको ज्यान जान पाएन’ रोकायाले पासो लगाइसके पछि चिच्याएको सुनेर त्यहा रहेका महिला प्रहरीहरुले सौचालयको ढोका फोरी उनको उद्धार गरेको विस्टले बताए । तौलिया लचकदार भएको कारण तन्किएर भुई छोएकोले उनको ज्यान बचेको विस्टको भनाई छ ।उनको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ । केहीबेरको उपचार पछि होस आएको र उनको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए । रोकायाले हिरासतमा फेरी पनि आत्महत्याको प्रयास गर्न सक्ने भएकोले प्रहरीले विषेश निगरानी गर्ने डिएसपी विस्टले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन