बझाङका स्थानिय तहमा मतदाता नामावली संकलन कार्य गरीने

बझाङ ; बझाङमाका स्थानिय तहमा फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु हुने भएको छ।निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली संकलन विशेष कार्यक्रम, २०७८ जिल्लाका ११ वटा स्थानिय तहमा गरीने भएको हो । आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनलाई लक्षित गरेर दुई चरणमा सञ्चालन हुने नामावली सङ्कलन कार्य १० दिनसम्म सञ्चालन हुने बताइएको छ। पहिलो चरणमा मङ्सिर १७ देखि मङ्सिर २६ गतेसम्म जिल्लाका बुङ्गल नगरपालिका, थलारा, खप्तडछान्ना, मष्टा, साइपाल गाउँपालिका र छविसपाथीभेरा गाउँपालिकामा सञ्चालन हुनेछ।दोस्रो चरणमा मङ्सिर २९ देखि पुस ९ गतेसम्म बित्थडचिर, केदारस्यु, दुर्गाथली, सुर्मा र तलकोट गाउँपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ। नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ। सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइने भएको छ। स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली सङ्कलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन्।

मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकताको प्रमाणपत्र, बेजिल्लावासी भए बसाइसराइको प्रमाणपत्र र बिहे गरी आएको भए विवाहदर्ताको प्रमाणपत्र आवश्यक पर्नेछ। आवश्यकताअनुसार शैक्षिक प्रमाणपत्र, लालपुर्जा वा सवारीचालक अनुमतिपत्रका आधारमा पनि दर्ता गरिनेछ। बझाङमा हालसम्म एक लाख २० हजार ९७१  भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

janahit ma jari sandesh
Masta R.M
Loading...