जीवन पातली; बझाङ, बर्षादमा बाढी र पहिरोका कारण अबरुद्ध जिल्लाको बुङ्गल नगरपालिका वडा नं ११ हिमगडा बजार देखि कामले हुँदै सिपेना र त्येहाबाट टाक्सा निस्किने सडक अझै संञ्चालनमा आएको छैन् । बाढी पहिरोकाकारण ठाउँ–ठाउँमा भक्तिएको सडक एक बर्ष बितिसक्दा समेत संचालनमा नआएपछि यातायातका साधानहरु गुड्न सकेका छैनन् । लामो समय सम्म पनि यातायाका साधान संञ्चालनमा नआउदाँ त्यहाँका स्थानियहरुलाई सस्ती भएको छ । स्थानियले बेलाबेला सडक सञ्चालनको लागी स्थानीय सरकार र प्रदेश सरकार संग माघ राखेको भएपनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानियको आरोपछ । अब सडक मर्मत नभए चुनावका बेला नेताहरु घरदैलोमा आएर भोटमाग्न नैतिकतालेनै नदिने स्थानिय गोपाल बोहराले बताए ।
यस बिषयमा बुङ्गल नगरपालिकाका नगरप्रमुख धनबाहादुर बिष्टले भने अहिले बित्थड हुदै देउलीकोट जोड्ने सडक संञ्चालनमा ल्याइसकेको र हिमगडा बजार देखि कामले हुँदै सिपेना र त्येहाबाट टाक्सा निस्किने सडक संञ्चालनका लागि अब छिटै नगरपालिकाको स्काईभेर लगाएर खुलाउने बताए ।