खप्तडछान्नाका बाढी,पहिरो प्रभावित ३७ परिवारलाई राहत वितरण

सत्यराज सिंह बझाङ ।बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेका बाढी,पहिरो प्रभावित तथा पुर्णरुपमा घरबार विहिन बनेका ३७ परिवारलाई राहत वितरण गरिएको छ । बझाङमा संचालित गैरसरकारी संस्था प्रगतिशिल युवासमाज र युएमएन बझाङको साझेदारीमा बाढी, पहिरो प्रभावित परिवारलाई राहत विरण गरेको हो ।
संस्थाका अनुसार कार्तिक महिनाको पहिलो साता आएको अविरल बर्षाका कारण खप्तडछान्ना गाउँपालिका वडानम्बर १ देखी ७ सम्मका घर, खेतबारीमा पुर्णरुपमा क्षती पुर्याएका परिवारलाई संस्थाले प्रति परिवार चामल एक बोरा, १० केजी दाल,२ केजी चिनी, २ वटा नुहाउने साबुन,२ वटा लुगा धुने साबुन, १ लिटर तेल, १ पे्रसरकुकर, १ कराई, ५ वटा थाल, ५ वटा कचौरा, ५ गिलास,१ डाडु पनियु, न्यानो लुगा र त्रिपाल गरी ३७ परिवारलाई ६ लाख ४७ हजार रकम बराबरको सामाग्री राहत स्वरुप वितरण गरेको थियो ।
बाढी प्रभावितलाई थोरै भएपनि राहत मिलोस भनेर संस्थाले खाध्यान्न तथा भाँडाकुडा खरिद गरेर वितरण गरिएको प्रगतिशिल युवा समाज र साझेदारीमा संचालित परियोजना संयोजक विष्ना कुमारी बम्मले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले खासै ठूलो सहयोग गरेका त होईनौं । तरपनि बाढी र पहिरोले बनाएको घाउमा थोरै भएपनि मल्हम लाग्छ की भन्ने हो ।’

janahit ma jari sandesh
Masta R.M
Loading...