राप्रपा महाधिवेशन ; अध्यक्षमा कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन विच प्रतिस्पर्धाहुने

काठमाण्डौ – आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु हुने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा हुनुहुन्छ । तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ । अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायतको साथ रहेको छ ।

शुक्रबार सम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुँदैछन् । कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्ने महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

Bungal Purai
Bithadchir 2
Loading...