एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सबैभन्दा धेरै मत प्राप्त गरी विजयी

चितवन  ; नेकपा (एमाले) को उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै १९ सय ७६ मत प्राप्त गरी विजयी भएकी छिन्। सुरेन्द्र पाण्डे १९ सय २५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८ सय ५६, युवराज ज्ञवाली १८ सय ४२ र रामबहादुर थापा बादल १७ सय ६८ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका छन्।

घनश्याम भुसाल पराजित भएका छन्। केन्द्रीय निर्वाचन आयोग स्रोतका अनुसार ६ जना उपाध्यक्ष चाहिनेमा भुसाल सातौं नम्बरमा परेका हुन्। उनले ७ सय २५ मत प्राप्त गरेका छन्। केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।

Loading...