सत्यराज सिंह बझाङ । बझाङमा एक पुरुषको कुटपिटबाट हत्या भएको छ । जयपृथ्बी नगरपालिका वडा नम्बर ७ ज्वाडामा कुटपिट गरी पुरुषको हत्या गरिएको हो । ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको सोही वडाका दिपेन्द्र थापाले शनिवार राती करिब पौने ८ बजेको समयमा हत्या गरेको जनाइएको छ ।
कुली बाँधको घाटमा आगो तापी रहेका बेला दुबै जनाबिच सामान्य भनाभन हुँदा मृतक भण्डारीले आगोको अगुल्टोले हानेको र थापाले बाहिर ल्याएर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।कुटपिटपछि घाइते भएका भण्डारीलाई शनिबार राती उपचारको लागी जिल्ला अस्पताल ल्याइएको भएपनि उपचारको क्रममा शनिबार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भण्डारीलाई कुटपिट गर्ने दिपेन्द्र थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले बताउनुभयो ।
प्रतिक्रिया जनाउनुहाेस्