स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती

बझाङ:  स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएउनु पर्ने बताइएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले सास्ती भोग्नु परेको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये साईपाल गाउँपालिकामा मात्र बैंक स्थापना भएको छैन । साईपाल गाउँपालिकाले तल्कोट गाउँपालिकामा रहेको एभरेष्ट बैंक र सदरमुकाम चैनपुरबाट कारोबार गरिरहेको छ । बैक खाता अनिवार्य गरेपछि बैंक सम्म पुग्न भौगोलिक कठिनाइले सकस हुने भएपछि बुङ्गल नगरपालिकाले भने कृषि विकास बैंकका कर्मचारीसहित नगरपालिकाले ११ वटै वडामा बैक खाता खोल्न वडा कार्यालयमै पुगेर शिविर सञ्चालन गरेको बुङ्गल नगरपलिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत भरत रोकायाले बताए ।

बुङगल नगरपालिका–२ सलकाट्टेकी लक्ष्मी पटकी देवी धामी ८५ वर्ष पुगिन् । उनलाई हिँडडुल गर्न निकै सकस हुन्छ । यसअघि घरमै भत्ता बुझदै आएकी धामीले यसपालि भने बैंकबाटै भत्ता बुझ्ने भएकी छन । सरकारले बैंकबाट मात्र भत्ता दिने भएपछि गाउँलेले बोकेर उनलाई वडा कार्यालयमा आएको शिविरमा पु( याए । लेखपढ गर्न नजान्ने र राम्ररी आँखा पनि नदेख्ने धामीलाई बैकमार्फत भत्ता बुझ्ने काम झन्झटिलो लागेको छ । उनी भन्छिन्, “एक घण्टाको बाटोमा त गाउँका दाजुभाइले बोकेर ल्याए । बैंक पुग्न दुई घण्टा हिँडनुपर्छ सरकारले भक्ता दिएर त राम्रै काम गरेको थियो । तर भत्ता बाँडने काम झन्झटिलो भयो ।भौगालिक कठीनाइका कारण उनलाई मात्र नभएर सबै ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिल धामीलाई बैंकबाट भत्ता लिनुपर्ने भएपछि निकै सास्ती भएको छ । बुङ्गल नगरपलिकाको लौनेबाट वडा कार्यालयसम्म पुग्न ५ घण्टा हिँडनुपर्छ । वडा कार्यलयबाट साना सवारी जिप चढेर झण्डै दुई घण्टाको यात्रापछि कृषि विकास बैंकको बुङगल शाखामा पुगिन्छ । पहिलेभन्दा अहिले भत्ता लिन धेरै झन्झट बेहोर्नु परेको सेवा ग्राहीको भनाई छ । बैंकसम्म पुग्न दुई दिन लाग्छ । बैंकमा पुगे पनि घण्टौं लाइनमा बस्नुपर्छ । एकातिर समयको पनि खर्च अर्को तिर सरकारले दिएको भत्ता पनि बैंक जाँदा गाडीभाडा र खाना खर्चमै सकिन्छ ।

भौगोलिक हिसाबले निकै टाढा रहेका जिल्लाका ग्रामीण बस्तीका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता बुझ्न घण्टौं पैदल हिँडेर बजार पुग्नु परेको उनको भनाइ छ ।बझाङका अधिकांस लाभग्राही अहिले सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागी कम्तिमा २ घण्टादेखि १ दिन हिडेर बैंक पुग्ने गरेका छन । बैक पुगेपनि चेकमा लेख्न लगाउनुपर्ने, घण्टौं लाइनमा बस्नुपर्ने, घर फर्कन गाडी कुर्नुपर्ने, बुढेसकालमा घण्टौं हिँडनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । कहिले काँही बैकमा इन्टरनेटले काम नगर्दा रित्तै हात फर्कनुपर्दा झन समस्या हुने गरेको छ । गाउँनजिकै बैक नहुने र टाढाटाढाका बैंकमा खाता खोल्नुपर्ने बाध्यता हुँदा सामाजिक सुरक्षा भत्ता बुझ्ने जिल्लाका सयौं बालबालिका, अपांग, ज्येष्ठ नागरिक भत्ता बुझ्न बैंक जानुपर्ने बाध्यताबाट पीडित छन् । यसअघि सम्बन्धित वडा कार्यालयबाट घरैमा गएर सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले बैंकिङ प्रणालीबाट दिन सुरू गरेपछि नागरिकहरूलाई सास्ती भएको हो । स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिनु पर्ने लाभग्राहीको माग छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...