सुरेश धामी, बझाङ ; जिल्लाको बुंगल नगरपालिकामा धौली देवि स्मृति बिसीए कफको उपाधी बिसीएले हात पारेको छ । ‘राष्ट्रका लागि खेलकुद ,, स्वास्थ्यका लागि खेलकुद, बुङ्गलको पर्यटन प्रबर्धन र विकासका लागि खेलकुद ,, भन्ने मुल नाराका साथ बुङ्गल क्रिकेट एन्सेन्ट क्लवको आयोजनामा सोमबार बुङ्गल नगरपालिकाको झापामा सम्पन्न धौली देवि स्मृति (बिसीए) कपमा एमवाईसी सैन नबिसलाई हराउदै बुङ्गल क्रिकेट एन्सेन्ट क्लब बिसीए बिजयी भएको बिसीएका अध्यक्ष आनन्द कार्कीले जानकारी दिए ।
त्यस्तै एमवाईसी सैन नबिस उप–विजेता भएको छ शुक्रबार बाट संचालन भएको खेलमा विभिन्न जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो भनप्रतियोगितामा प्रथम बिजेतालाई नगत रु दुई लाख ५० हजार पुरस्कार सहित आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै द्धतिय पुरस्कार एक लाख , म्यान अफ द सीरीज बिस हजार ,उत्कृष्ट बलर , ब्याट्सम्यान र अनुसासीत खेलाडी लाई पाँच रपाँच हजार रुपयाँ प्रदान गरीएको छ भने म्यान अप द म्याजलाई मेडल कफका साथै आकर्षक ट्राफी, मेडल र प्रमाणपत्र प्रदान गरीएको बिसीए का सचिव भुपेस सिँहले जानकारी दिए ।