जोखिमपूर्ण यात्रा गर्दै छाङरु पुग्यो जनगणनाको टोली, तीन दिनभित्र  तिंकरमा पनि जनगणना गरिसक्ने

Image

 बझाङ, तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै जनगणनाका लागि गणकको टोली छाङरु पुगेको छ । शुक्रबार दार्चुला सदरमुकाम खलंगाबाट हिँडेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार छाङरु पुगेको दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले बताए । उनका अनुसार गणकको टोलीका एक सदस्य भने हिँड्न नसकेर बीचबाटै फर्केका छन् । जनगणना गर्न छाङरु र तिकंर खटाइएका गणक राजेन्द्र कार्की बाटो अप्ठ्यारो भएकाले हिँड्न नसकेपछि बीच बाटोबाटै फर्किएका पाण्डेले बताए ।

नेपालतर्फ सुरक्षित बाटो नहुँदा व्यास गाउँपालिकाका स्थानीयहरू भारतीय बाटोको प्रयोग गर्दै आएका छन् । भारतले गणकलाई भने बाटो नदिँदा सहायक जनगणना अधिकारी कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर नेपालकै जोखिमपूर्ण बाटो हुँदै छाङरु पुगेका हुन् । कार्कीले आफूहरू छाङरु पुगिसकेको र तीन दिनभित्र  तिंकरमा पनि जनगणना गरिसक्ने बताए । उनका अनुसार चिसो छल्न तिकंरबासी बेसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको छ ।

बेसी झरेका स्थानीयहरूको गणना खलंगामै गरिने उनले बताए । नेपालतर्फको बाटो निकै असहज भएकोले गणकहरू फर्किँने बेला हेलिकोप्टरको व्यवस्थाका लागि पहल भइरहेको उनले बताए ।  भारतले दाबी गरेको नेपाली भूमिमा जनगणना हुन नदिने मनसायले भारतले गणकलाई बाटो नदिएको व्यास गाँउपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले बताए । उनले भने ‘भारतीय प्रशासनले छाङरु र तिंकर घर भएका र घुम्न जाने नेपालीलाई पास दिइरहेको छ । गणकका लागि भने बाटो बिग्रेको बहाना गरेर अनुमति दिइएन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन