बझाङमा हिरासतमा रहेकी ७७ वर्षीया एक वृद्धाको मृत्यु

बझाङ  । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान मृत्यु भएको हो।

कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी रावलको बिहान हिरासतमा अचेत भइ अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ‘बिहान हिरासतभित्र सुरक्षाकर्मी लगायत हिरासतमा रहेकाहरु चिया पिईरहेका थिए, उहाँपनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’’ डिएसपी ज्ञानबहादुर बिष्टले भन्नुभयो, अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो।

Bungal Purai
Bithadchir 2
Loading...