बझाङ ; जिल्लाको बुंगल नगरपालिकामा धौली देवि स्मृति बिसीए कफ उद्घाटन भएको छ । ‘राष्ट्रका लागि खेलकुद ,, स्वास्थ्यका लागि खेलकुद, बुङ्गलको पर्यटन प्रबर्धन र विकासका लागि खेलकुद ,, भन्ने मुल नाराका साथ बुङ्गल क्रिकेट एन्सेन्ट क्लवको आयोजनामा सर्वाधिक धनराशिको धौली देवि स्मृति (बिसीए) कप भब्यताका साथ उद्घाटन भएको बुङ्गल क्रिकेट एन्सेन्ट क्लव बिसीएका अध्यक्ष आनन्द कार्कीले जानकारी दिए ।बिहिवार बुङ्गल नगरपालिका -६ कन्या माध्यमिक विद्यालय झापामा संञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि धौली देवि स्मृति समाजका संस्थापक अध्यक्ष तथा क्यानका सुदूरपश्चिम प्रदेश कमीटी सल्लाहकार सदस्य नरेश कुवर रहनु भएको थियो भने विशिष्ट अथितीमा व्यवसायी तथा समाजसेवी भिम बोहरा , युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य लोकेश बहादुर सिहँ , र व्यवसायी तथा उद्योग पति भेषराज नौपाने रहनु भएको थियो । भने अन्य समाजसेवी, बुद्धिजीवी ,पत्रकार सुरक्षाकर्मीको पनि उपस्थित रहेको थियो ।
खेल भोलि शुक्रबार बाट खेलाइने छ भने खेलमा विभिन्न जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम बिजेतालाई नगत रु दुई लाख ५० हजार पुरस्कार सहित आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्त द्धतिय पुरस्कार एक लाख , म्यान अफ द सीरीज बिस हजार ,उत्कृष्ट बलर , ब्याट्सम्यान र अनुसासीत खेलाडी लाई पाँच रपाँच हजार रुपयाँ प्रदान गरीने छ भने म्यान अप द म्याजलाई मेडल कफका साथै आकर्षक ट्राफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बुङ्गल क्रिकेट एन्सेन्ट क्लव बिसीए का सचिव भुपेस सिँहले जानकारी दिए । यो भन्दा अघि पनि कार्तिक ९ गतेबाट संञ्चालन हुनेभनि सम्पुर्ण तयारी पुरा गरीएको भएपनि बेमौषमी बर्षाले ठाँउ-ठाउँमा बाढी पहिरो गएर बाटो भक्तिएका कारण आवत जावत गर्न सहज नभएको भन्दै स्थगित भएको थियो । भने कार्तिक २७ गते हुने भनिएको भएपनि अन्डर १९ खेल चलिरहेको कारण अब प्रतियोगिता मंसिर २ गते बिहीबार उद्घाटन भएको छ ।