बझाङमा कार्तिक २७ गते हुने भनिएको धौलीदेवि स्मृति बिसीए कप क्रिकेट प्रतियोगिता मंसिर २गते सारीयो

बझाङ ; जिल्लाको बुंगल नगरपालिकामा कार्तिक २७ गते हुने भनिएको क्रिकेट प्रतियोगीता संञ्चालन मिति सारीएको छ। ‘राष्ट्रका लागि खेलकुद ,, स्वास्थ्यका लागि खेलकुद, भन्ने मुल नाराका साथ ‘‘बुङ्गलको पर्यटन प्रबर्धन र विकासका लागि संञ्चालन गरीन लागेकोे खुल्ला धौली देवि स्मृति (बिसीए) कप कार्तिक २७ गते हुने भनिएको भएपनि अन्डर १९ खेल चलिरहेको कारण अब प्रतियोगिताको आयोजना मंसिर २ गतेगर्न लागिएको बुङ्गल क्रिकेट एन्सेन्ट क्लव बिसीएका अध्यक्ष आनन्द कार्कीले जानकारी दिए ।
बुङ्गल क्रिकेट एन्सेन्ट क्लवको आयोजनामा हुने सर्वाधिक धन राशीको धौली देवि स्मृति बिसीए कप २०७८ अब मंसिर २ गते बुङ्गल नगरपलिका – ६ झपामा हुन लागेको छ । खेलमा विभिन्न जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम बिजेतालाई नगत रु दुई लाख ५० हजार पुरस्कार सहित आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्त द्धतिय पुरस्कार एक लाख , म्यान अफ द सीरीज बिस हजार ,उत्कृष्ट बलर , ब्याट्सम्यान र अनुसासीत खेलाडी लाई पाँच रपाँच हजार रुपयाँ प्रदान गरीने छ भने म्यान अप द म्याजलाई मेडल कफका साथै आकर्षक ट्राफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बुङ्गल क्रिकेट एन्सेन्ट क्लव बिसीए का सचिव भुपेस सिँहले जानकारी दिए । यो भन्दा अघि पनि कार्तिक ९ गतेबाट संञ्चालन हुनेभनि सम्पुर्ण तयारी पुरा गरीएको भएपनि बेमौषमी बर्षाले ठाँउ-ठाउँमा बाढी पहिरो गएर बाटो भक्तिएका कारण आवत जावत गर्न सहज नभएको भन्दै स्थगित भएको थियो ।

Bungal Purai
Bithadchir 2
Loading...