डडेल्धुरामा प्रेस चौतारी नेपालको सुदुर पश्चिम प्रदेश रणनितिक भेलाको आयोजना

बझाङ — डडेल्धुरामा प्रेस चौतारी नेपालको सुदुर पश्चिम प्रदेश स्तरिय रणनितिक भेला सोमबार बिहान देखी संचालन भएको छ । भेलाले प्रेस चौतारी नेपाललाई चलायमान बनाउन आगामी कार्यदिशा कार्ययोजना बारे छलफल गर्ने बाताइएको छ । उक्त भेला प्रेस चौतारी नेपालका सुदुर पश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा संचालन भएको छ भने भेलाका प्रमुख अतिथि नेकपा एमाले सुदुर पश्चिम प्रदेशका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय पोलिट ब्युरो सदस्य कर्ण थापा रहेका छन । बिषिष्ट अतिथि प्रेश चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत रहेको प्रेश चौतारी नेपाल सुदुर पश्चिम प्रदेश कमिटिले जनाएको छ ।    भेलामा सुदुर पश्चिम प्रदेशका नौ ओटै जिल्लाका प्रेश चौतारी नेपालका प्रतिनिधीहरुको उपस्थिती रहेको प्रेस चौतारी नेपाले जनाएको छ ।

Loading...