बझाङमा सर्वाधिक धनराशिको बिसीए कप क्रिकेट प्रतियोगिता हुने

धौली देवि स्मृति बिसीए कप २०७८ अब यहि कार्तिक २७ गते

बझाङ ; जिल्लाको बुंगल नगरपालिकामा क्रिकेट प्रतियोगीता हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद ,, स्वास्थ्यका लागि खेलकुद, भन्ने मुल नारालाई विगत देखिनै गुन्ज्याएमान गर्दै ‘‘बुङ्गलको पर्यटन प्रबर्धन र विकासको लागि खेलकुद,, भन्ने नाराका साथ खुल्ला धौली देवि स्मृति बिसीए कप प्रतियोगिताको आयोजनाको गर्न लागेको बुङ्गल क्रिकेट एन्सेन्ट क्लव (बिसीए)का अध्यक्ष आनन्द कार्कीले जानकारी दिए ।

बुङ्गल क्रिकेट एन्सेन्ट क्लव (बिसीए)को आयोजनामा कार्तिक ९ गतेबाट संञ्चालन हुनेभनि सम्पुर्ण तयारी पुरा गरीएको भएपनि बेमौषमी बर्षाले ठाँउ- ठाउँमा बाढी पहिरो गएर बाटो भक्तिएका कारण आवत जावत गर्न सहज नभएको भन्दै स्थगित भएको सर्वाधिक धन राशीको धौली देवि स्मृति बिसीए कप २०७८ अब यहि कार्तिक २७ गते बुङ्गल नगरपलिका -६ झपामा हुन लागेको छ । खेलमा विभिन्न जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम बिजेतालाई नगत रु दुई लाख ५० हजार पुरस्कार सहित आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्त द्धतिय पुरस्कार एक लाख , म्यान अफ द सीरीज बिस हजार ,उत्कृष्ट बलर , ब्याट्सम्यान र अनुसासीत खेलाडी लाई पाँच रपाँच हजार रुपयाँ प्रदान गरीने छ भने म्यान अप द म्याजलाई मेडल कफका साथै आकर्षक ट्राफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बुङ्गल क्रिकेट एन्सेन्ट क्लव (बिसीए) का सचिव भुपेस सिँहले जानकारी दिए ।

Loading...