तीन साता देखी अवरुद्ध बागथला विजगडा सडक सुचारु

सुरेश धामी,बझाङः तीन साता देखि अवरुद्ध बागथला विजगडा सडक सुचारु भएको छ । बेमौषमी वर्षाको कारण विभिन्न ठाँउमा गएको पहिरोले अवरुद्ध भएको सडक सुचारु भए संगै यात्रु हरुलाई राहात भएको छ । केदारस्यँु गाउँपालिको बागथला देखी बुङ्गल विजगडा जोडीने सडक अन्तर्गत विभिन्न ठाँउमा गएको पहिरोे पन्छाएपछि बिहिबार देखी बागथला विजगडा सडकमा साना तथा ठुला सवारीसाधन सञ्चालनमा आएका स्थानिय कलक धामीले जानकारी दिए।
तीन हप्ता देखी सडक अवरुद्ध हुँदा बुङ्गल नगरपालिका भित्र औषधि ,खाना पकाउने एलपी ग्याँस लगाएत तरकारी र दैनिक उपभोग्य सामानको अभाव हुदै आएको थियो भने यात्रुहरु पनि सास्ती खेप्दै आएका थिए । कलङ्गा हाइड्रो पावरले स्काइभेटर लगाएर अवरुद्ध सडक सुचारु भए संगै स्थानियलाई सहज भएको छ ।

Bungal Purai
Bithadchir 2
Loading...