एमाले पालिका अधिवेशन बाट बुङ्गल नगरकमिटी उपसचिवमा चयन भएका युवानेता बिरेन्द्र कुवर को हुन्?

Image

बझाङ : नेपाल कम्युनिस्ट पार्टी  एमालेको १० औ महाधिवेशन अन्तरगत  नेकपा एमाले  बुङ्गल नगरपालिकाको प्रथम अधिवेशन बाट  नगर कमिटी उप-सचिवमा युवा नेता तथा समाजसेवी  बिरेन्द्र कुवर चयन भएका छन् ।  अनेरास्ववियु जिल्ला कार्यालय सदस्य समेत रहेका   कुवर  १२ बर्षको उमेर देखि नै बिद्यार्थी राजनीति तथा सामाजिक कार्य र  समाज सेवामा निकै सक्रिय भएर काम गरिरहेका छन् ।
सानै देखि सहयोगि भावना भएका कुवँरले सामाजमा रहेका पिडितहरुको सेवा गर्न ,बालबालिका तथा युवाहरुको क्षमता  अभिवृद्धि गराउन , कृषि क्षेत्रलाई अघि बढाउन ,  तथासमाजमा रहेका विद्यमान समस्या समाधानका लागि र नगरपालिको समग्र विकासका लागि आफ्नो तर्फबाट केही गर्ने हेतुका साथ बुङ्गल विकास समाज संस्थाको स्थापना गरि संस्थाको अध्यक्ष रहेर विभिन्न सामाजिक कामहरु गर्दै आएको स्थानिय हर्क बोहराले बताए  ।

प्रतिक्रिया जनाउनुहाेस्