बझाङ ; बझाङका सबै पालिकाहरुमा नेकपा एमालेको अधिबेशन भईरहेको छ । एमालेको १० औ महाधिवेशन अन्तरगत नेकपा एमाले बुङ्गल नगरपालिकाको प्रथम अधिवेशन बाट नगर कमिटी अध्यक्षमा मोहन कुमार बोहरा (चट्टान) सर्वसम्मत चयन भएका छन् ।
मंगलबार सम्पन्न अधिवेशनमा मोहन कुमार बोहराको अध्यक्षतामा सचिव दिपक राज जोशी, उपाध्यक्ष कृपा जाग्री, तथा उपसचिवमा बिरेन्द्र कुवर र शान्ती कुवर सहित ९३ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको नवँ निर्वाचित उपसचिव बिरेन्द्र कुवरले जानकारी दिए ।
प्रतिक्रिया जनाउनुहाेस्