बुङ्गलका सबै वडामा एमालेको वडा अधिवेशन सम्पन्न , मंगलबार नगरकमिटी अधिवेशन गरीने

बझाङ ; बुङ्गल नगरपालिकाका सबै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । ११ वडा रहेको बुङ्गल नगरपालिकामा प्रत्येक वडामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत नेतृत्व चयन भएको अनेरास्ववियु जिल्ला कार्यालय सदस्य बिरेन्द्र कुवरले बताए । उहाँका अनुसार बुङ्गल नगरपालिका १ को वडा कमिटी अध्यक्षमा गोविन्द जाग्री ,वडा नं २ मान बहादूर बोहरा ,वडा नं ३ मा बहादुर बोहरा ,वडा नं ४मा दिपक तम्राकार, र वडा नं ५ को वडा कमिटीमा दलि नाथ चयन भएका छन् । त्यस्तैै वडा नं ६ मा नरेश ऐडी ,वडा नं ७मा जंग बोहरा ,वडा नं ८मा विर बहादूर बोहरा ,वडा नं ९मा कालुसिहं धामी, वडा नं १० मा गणेश बोहरा र ११ नं वडामा लोकेन्द्र बोहरा लाई वडा कमिटी अध्यक्षमा चयन गरीएको हो ।
यस्तै नेकपा एमालेको महाधिवेशन अन्तर्गत बुङ्गल नगरपालिकामा कात्तिक १५ गते मंगलबार हुने  प्रथम अधिवेशनको तयारी पुराभएको नेकपा एमाले नगकमिटी अध्यक्ष आर विक्रम ओखेडाले जानकारी दिए

Loading...