बझाङ: जिल्लाको केदारस्युँ गाँउपालिकाकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँ गाँउपालिका वडा नम्बर ८ की २२ वर्षीया लक्ष्मी खत्रीले बच्चा जन्माउन नसकेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।
लोतु सामुदायिक स्वास्थ्य इकाई प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिइन् । अवेर साँझसम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने अवस्था आएकोले उनलाई हेलिकप्टरमार्फत धनगढी पढाइएको उनले बताइन् ।जयपृथ्वी राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध हुँदा सडकमार्गबाट अस्पताल पुर्याउन सकिने अवस्था नभएकोले हेलिकप्टरमार्फत उद्धार गरिएको गाँउपालिकाकी उपाध्यक्ष निशा धामीले बताईन
बेमौसमी वर्षाका कारण सडक भत्केपछि जटिल प्रकारका बिरामीलाई अस्पताल पुग्न पनि कठिन भइरहेको छ।