थलरा पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य स्थगित,बेपत्ता सबैलाई मृत घोषणाको तयारी

Image
तस्विर पहिरोमा बेपत्ताको खोजिकार्य गर्दै

मकरराज धामी बझाङ — बेमौसमी वर्षाका कारण थलारा गाँउपालिकामा गएको पहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न गएको टोली फिर्ता भएको छ । थलारा–४ डिक्लामा पहिरोमा परेर दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये चार जनाको शव फेला परेको छ । दुई जनाको शवको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो । आठ दिनसम्म लगातार खोजी गरेको उद्धार टोलीले १९ जनाको अवस्था पत्ता नलाग्दै खोजी कार्य बन्द गरेको हो ।

घटना भएको दोस्रो दिनमात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजी कार्य थालेको थियो । पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजी कार्य सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खडकाले बताए । उनले भने ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सम्मिलत टोली उद्धार कार्यमा संलग्न थियो । एक साताभन्दा बढी भयो खोज्न थालेको अब मान्छे जिउँदै होलान् भन्ने आशा पनि छैन । अब भेटिने सम्भावना नदेखेरै टोली घटनास्थलबाट फर्केको हो ।’ बेपत्ता भएकाहरू जिवित भेटिने सम्भावना नरहेकाले खोजी बन्द भएको र आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन