बझाङको बुङ्गलमा खाना पकाउने ग्याँस सहित उपभोग्य सामानको अभाव

Image
फाईल तस्विर

 बझाङ । जिल्लाको बुङ्गल नगरपालिका लगायत धेरै ठाउँहरुमा खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ । कार्तिक पहिलो साता आएको अविरल वर्षाका कारण गएको बाढी र पहिरोले बागथला ,विजगडा सडक अवरुद्ध भएपछि यातायातका साधन चल्न सकेका छैनन । यातायातका साधान चल्न नसक्दा बजारमा दैनिक प्रयोग हुने खाना पकाउने एलपी ग्याँस संगै उपभोग्य सामान, खाद्यवस्तु ,लगाएत तरकारीको पनि अभाव देखिएको हो ।

दैनिक उपभोग्य वस्तुहरूको समेत बजारमा चरम अभाव भए संगै सामानको मुल्य पनि अकाशिय पछि सर्वसाधारणहरू मर्कामा परेका छन । विजगडा बजारमा पसल संञ्चालन गर्दै आएका स्थानिय कलक धामी (अविरल)लेभने मुल्य भन्दा बढी ५सय रुपयाँ तिरेर ५ किलो आटा किन्न खोज्दा पनि नपाएको र बजारमा ग्याँस सिलिन्डरको पनि निकै अभाव भएको बताए । विजगडाकै अर्का व्यवसायि राम जाग्रीले पनि बजारमा खाना बनाउने ग्याँस पाउन छाडेपाछि दाउरा खोज्न गाउँतिर जानु पर्ने वाद्यता रहेको बताएका छन् । त्यस्तै अझै अवरुद्ध सडक संञ्चालनमा आउन अझै समयलाग्ने देखिएकाले स्थानियहरु बढीनै पैसा तिरेर भएपनि खाद्यान्नको जाहो गर्न तिर थालेका छन् । बिजगडा बजारका कतिपय व्यवसायिभ भने दैनिक उपभोग्य वस्तु ,खाद्यान्न ,र ग्याँस सबैको अभाव देखिएपछि व्यवसाय नै बन्द गर्न थालेका छन् । त्यस्तै पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि सदरमुकाम चैनपुरमा पनि खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको हो । बाढी पहिरोले सडक अवरुद्ध हुँदा जिल्ला बासी मार्कामा परेका छन् । सडक सुचारु नहुँदा सदरमुकाम चैनपुरमा पनि दैनिक उपभोग्य बस्तुको अभाव देखिएको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले भने बागथला, बिजगडा सडक संञ्चालनको लागि कलङ्गा हाइड्रो पावरका स्काइभेटर लगाएर सडक शुचारु गर्ने काम भइरहोको र बागथला, बिजगडा कालोपत्रे गर्न ठेक्का पाएको के. एस. कन्टक्सनलाइ पनि छिटो सडक सञ्चालन गर्न निर्देशन दिएको बताए ।  उहाँका अनुसार जयपृथ्वी राजमार्ग संञ्चालनका लागि पनि काम भइरहेको र नदीको बाहफ घटेपछि ड्राइभक्सन गरेर सडक बनाउनु पर्ने देखिएकाले अझै एकहप्ता समय लाग्ने बताए ।   बुङ्गल नगरपालिकाले पनि बित्थड ,देउलिकोट देखी बुङ्गल झपा हुदै बिजगडा जोड्ने सडक पनि छिट्टै संञ्चालनमा ल्याउने प्रयास भइरहेको बुङ्गल नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत भरत रोकायाले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन