बझाङ :एक साता देखि अवरुद्ध जयपृथ्वी राजमार्ग आंिशकरुपमा सुचारु भएको छ । विभिन्न ठाँउमा गएको पहिरोले अवरुद्ध भएको राजमार्ग आंशिक रुपमा सुचारु भए संगै यात्रुहरुलाई राहात भएको छ । जयपृथ्वी राजमार्गको खोडपे बझाङ सडक खण्ड अन्र्तगत विभिन्न ठाँउमा गएको पहिरो पन्छाएपछि केदारस्यूँ गाँउपालिकाको देउरा सम्म साना तथा ठुला सवारीसाधन आउन थालेका छन । केदारस्युँ गाँउपालिकाको नारुगौडा देखि छविसपाथीभेराको जालिङे बगर सम्म साना सवारी संचालन भईरहेका छन । सदरमुकाम चैनपुर बाट तमैल सम्म साना ठुला सबै सवारी साधन चल्ने गरी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए । राजमार्गको दुई ठाँउमा थुलो क्षति भएकाले सडक सुचारु हुन केहि समय लाग्ने भएको छ । यात्रुहरुले विच बाटोमा गाडी परिवर्तन गरेर यात्रा गर्न सकिने अवस्था आएको खडकाको भनाई छ ।
प्रतिक्रिया जनाउनुहाेस्