Jayaprithvi Municipality

काँ छै मैना रानी डेउडा गीत सार्बजनिक ( भिडियो सहित )

बझाङ । बोल काँछै मैनारानी देउडा गीत सार्बजनिक भएको छ । बझाङको बुंगल ३ मटेलामा जन्मिनुभएका गायक जयबहादुर विकको काँछै मैना रानी‘ बोलको गित बिहीबार भिडियो सहित विशेष फिल्मस नामको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । बुङ्गल नगरपालिका –३ मटेलाकै राम बहादुर विकको शब्द संगित रहेको यो गीतमा गायीका शोभा थापाले पनि स्वर दिएकी छिन् । यस्तै बिशेष डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको मिक्सिङ पीआर जोशीले गरेका छन् भने निर्देशन सुरेन्द्र संगम डोट्याल बड्डा र भिडियोको क्यामेरामा सोनु विकले साथ दिएका छन्।

गीतको भिडियोमा बझाङको बुँगल नगरपालिका ५ का दिपेन्द्र जंग काजी र समीक्षा क्षेत्रीले अभिनय गरेका छन् यो गितले डेउडा गितको संरक्षण र पहिचानमा टेवा पुग्ने काजीले बताए । जिल्लाको बुङ्गल नगरपालिका ५ मा जन्मिएका दीपेन्द्र जङ्गले शुदुरपश्चिमका बिभिन्न लोकप्रिय डेउडाहरुमा म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । उनले यसअघि भुवन दाहालको जिन्स पाइन्ट लाउँदीमा समेत अभिनय गरिसकेका छ । भिडियाे सहितकाे  गीतका  लागी तल क्लिक गर्नुहाेस् ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...