बझाङ : बझाङको बुङ्गल नरपालिकामा रहेको बुङ्गल क्रिकेट एन्सिएन्ट (बिसिए)लाइ एक जना व्यापारीले ५० हजार सहयोग गरेका छन् । कार्तिक ९ गतेबाट सञ्चान हुने धौलीदेवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिताका लागि धागढीमा रहेको न्यु रमेश ट्रेडसका मालिक नारायण रानाले रु ५० हजार सहयोग गरेका बुङ्गल क्रिकेट एन्सिएन्ट (बिसिए)का अध्यक्ष आन्नद कार्कीले जानकारी दिनुभयो । ठुलो धनराशी यहयोग गरेर उर्जा थपेको भन्दै सहयोगी व्यापारी रानालाइ बुङ्गल क्रिकेट एन्सिएन्टले धन्यवाद ज्ञापन गरेको छ । बझाङ जिल्लाको बुङ्गलमा सदूरपश्चिमकै दोस्राे ठुलो धन राशीको क्रिकेट प्रतियोगिता हुन लागेको छ ।
क्रिकेट प्रतियोगिता सञ्चालन गर्न बुङ्गल क्रिकेट एन्सिएन्टले अहिले आर्थिक अभियान सञ्चालन गरेको छ । बझाङ बुङ्गल नगरपालिका १ स्थित दहबगर खेलमैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार २ लाख रहेको छ ।