कांग्रेसको महाधिवेशन बाट बुङ्गल नगरपालिकाको सह सचिवमा निर्वाचित सिँहको राजनितिक यात्रा

Image

बझाङ ; नेपाली कांग्रेस बुङ्गल नगरपालिकाको सह सचिवमा २६ वर्षिय ललित सिंह ( एल बि ठकुरी) सर्वसम्मत चयएन भएका छन् । विगत १० बर्ष यता बिद्यार्थी राजनितिमा सक्रिय उनि नेपालि कांग्रेसको १४ औ महाधिवेशन बाट सह सचिवमा चयन भएका हुन । सानै देखि सामाजिक काममा सक्रिय र सहयोगि भावना भएका उनि बुङ्गल नगरपालिको बिकट ठाउँमा रहेको दुर्गा माध्यामिक बिद्यालय सिमाली बाट कक्षा ६ मा पढ्दै गर्दा सामाजिक सेवा गर्ने हेतुका साथ बिद्यार्थी राजनीतिमा लागे, कक्षा ८ मा पढ्दै गर्दा दुई बर्षको कार्यकाल नेपाल बिद्यार्थी संघ दुर्गा माध्यामिक विद्यालय सिमालीको एकाई कमिटि अध्यक्षमा कार्यकाल सफल भएर बिताए ।

विद्यार्थी राजनीतिक यात्राकै क्रममा उनि २०७० देखि ७२ सम्म जनज्योति बहुमुखी क्याम्पस महेन्द्रनगर को एकाई कमिटि अध्यक्ष भइ सक्रिय राजनितिमा लागे , महेन्द्रनगरमा राजनिति गर्ने क्रममा बिभिन्न कार्यक्रम गर्दा गर्दै उहालाई जेल चलान पनि गरियो । निर्मला पन्तको न्याय माग्दै गर्दा पटक पटक प्रहरी प्रसान बाट कुटाई खाएर पनि उनि आफ्नो राजनीतिक क्षेत्रमा योगदान दिन पछि परेन । यसै क्रममा उनि अखण्ड सुदूरपश्चिमको आन्दोलनमा पनि कटिबद्ध रहेको थिए । राजनिति गर्ने क्रममा बिभिन्न चोट पटक खाएर पनि आफ्नो राजनिती यात्रा निरन्तर रुपमा अघि बढिरहेका बेला उनलाई छोटा समयका लागि भएपनि ६÷७ चोटि जेल चलान पनि गरीयो । अनेकौ बाधा अड्काउ बिच पनि आफ्नो निरन्तरको सामाज सेवा गर्न पिडतका आवाज बोल्न कहिलै पछि परेनन् । राजनिति संगै सामाज रहेका दुःखी पिडितको घाउमा थोरै भएपनि मलम लगाउने उद्देश्उले सर्बहारा उत्थान युवा समाजको स्थापना गरी अध्यक्ष भएर समाजमा विद्यमान समस्या समाधानका लागि रात दिन खटिएर काम गरे । कोरोना कहरका बिच पनि अनबरत रुपमा काम गर्दै आएका छन् । राजनिति यात्रा तय गर्ने क्रममा ने बि संघ बझाङ जिल्ला कमिटी सदस्य र नेपाल तरुण दल सुदुरपश्चिम प्रदेश कमिटि सदस्यमा रहेर पनि काम गर्ने अवसर पाएका सिहं अहिले पनि उनि योगदान राष्ट्रको लागि अभियान बझाङ जिल्लाको अध्यक्ष भएर प्राथमिक उपचार सम्बन्धी बिभिन्न ठाउँमा स्वास्थ्य स्वयमसेवक भएर काम पनि गरिएका छन् । हरेक क्षेत्रमा सामाजिक काम गर्दै जाँदा जनताको साथ र सहयोगले गर्दा नेपाली काँग्रेसको १४ औ महाधिवेशन बाट बुङ्गल नगरपालिका नगर सह सचिव पदबाट निर्बाचित हुनु भएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन