बुङ्गलमा नेपाल टेलिकमका टावरले कामगर्न छाडेपछि सेवा-ग्राही समस्यामा

बझाङ ; जिल्लाको बिभिन्न ठाउँमा रहेका नेपाल टेलिकमका टावरहरुले काम गर्न छाडे पछि सेवाग्राहीहरु समस्यामा परेका छन् । बिगत ४ महिना देखि जिल्लाका अधिकासं ठाउँमा रहेका टावरहरुले काम गर्न छाडेका भए पनि मर्मत सम्भारमा सम्बन्धित निकायले चासो नदिदा संञ्चार सुविधाबाट वञ्चित हुनु परेको सवाग्राहीहरुको गुनासो छ । पहिले नेपाल टेलिकमका टावरहरुले घाम लागेको समयमा मात्र काम गर्थे , पानी परेको बेला तथा बादल लागेको बेला र रातिको समयमा नेटवर्कले पुर्ण रुपमा काम गर्न छाडेको थियो भने दुई हप्ता यता घामलागे पनि टावरले काम गर्न छोडेको बुङगल नगरपालिका १० का स्थानीय कल्पना बागले जानकारी दिईन् ।

बुङ्गल नगरपालिकाको देलिकोट ,दहबगर र बित्थडचिर गाउपालिकाको मल्लो बित्थड मडमा रहेका नेपाल टेलिकमका टावरहरु बिग्रिए पछि त्यहाँका स्थानिय संञ्चार सेवा बाट बञ्चित भएका छन् । नेपाल टेलिकमले टावरहरु मात्रै ठड्याएको तर सेवा सुधारमा ध्यान नदिएको सेवा ग्राहिको भनाइ छ । जिल्ला भरी नेपाल टेलिकमका २५ओटा टावर रहेका भए पनि उपकरण चार्ज नहुँदा धेरै ठाउँमा टावरले काम नगरेको हुन सक्ने र टावरहरु अग्लो डाँडामा राखिएका कारण त्यहाँ विद्युत पहुँच पुर्याउन समेत समस्या भएको नेपाल टेलिकम बझाङका प्रमुख बम बहादुर सिहंले बताए । लगातारको बर्षाले सोलार चार्ज नहुँदा नेटवर्कमा समस्या भएको र मर्मतका लागि पहल भइरहेको प्रमुख सिहंको भनाई छ ।

Loading...