Jayaprithvi Municipality

ड्राइभिङ लाइसेन्सका लागि असोज १२ देखि अनलाइन आवेदन खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्र स्मार्ट ड्राइभिङ लाइसेन्स का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ । गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्स आवेदन पुनः खुलाउने तयारी भएको विभागस्रोतले जनाएको छ । अनलाइन आवेदनका लागि लाखौं सेवाग्राही पर्खाइमा छन्।
विभागले यसअघि लाइसेन्सका लागि ट्रायल परीक्षा सञ्चालनमा ल्याइसकेको छ ।

यसैबीच लाइसेन्स लिन बाँकी रहेका सेवाग्राहीले दशैंपछि मात्र पाउने भएका छन् । प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैंअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘प्रिन्ट कार्ड आउन कम्तीमा एक महिना लाग्छ, आज डेलिभरी अडरको पत्र दिँदै छौं, दशैंअघि प्रिन्ट गर्न गाह्रो छ, दशैंपछि यसको स्पिड बढाउनुपर्छ

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...