काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । भेटका लागि सुमारसहितको टोली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको थियो । देउवाले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको बताएका छन् । भेटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका सहउपाध्यक्ष जोनाथन ब्रुक्स लगायत सहभागी थिए ।
प्रधानमन्त्री देउवा संसदबाट एमसीसी पास गराउन लबिङ गरिरहेका छन् । तर, उनकै सत्ता गठबन्धन सम्बद्ध घटकहरुसमेत त्यसका लागि तयार भइसकेका छैनन् ।
प्रतिक्रिया जनाउनुहाेस्