भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दर्ता ( रिट निवेदन सहित)

Image
फाइल फोटो

काठमाडौँ — भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शुक्रबार अधिवक्ता प्रवेश केसीले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबारका लागि पेसी तोकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गरिएको छ ।मन्त्रिपरिषद्को साउन १९ गतेको बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । संविधानमा व्यवस्था गरिएको नागरिकको मौलिक हकको गम्भीर उलंघन गरिएको रिट निवेदनमा जिकिर गरिएको छ ।

यस्तो छ रिट निवेदनः

प्रतिक्रिया जनाउनुहाेस्