सार्वजनिक सुनुवाईको माग राख्दै वडा कार्यालयमा तालाबन्दी

Image

बझाङ ;- आर्थिक वर्ष वितिसक्दा समेत सार्वजनिक सुनुवाई नभएको भन्दै जयपृथ्वी नगरपालिका (६ का युवाहरु संगठित भइ सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।वडामा आएको बजेट अर्कै शिर्षकमा रकमान्तर गरी दुरुपयोग भएको भन्दै बझाङको जयपृथ्वी नगरपालिका ६ नं।वडा नौराका युवाहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन।

वडापालिकाले आर्थिक वर्ष वितिसक्दा समेत वडाको सार्वजनिक सुनुवाई नगरेको र वडाको केही बजेट रकमान्तर गरि गाउँको सहकारीमा लगानी गरेकाले यसको लेखाजोखा माग्न वडा कार्यालयमा तालाबन्दी गरेको युवाहरुले बताएका छन् ।वडा कार्यालयले आमधारा कृषि सहकारीको जीपमा लगानी गरेको बजेट फिर्ता गर्नु पर्ने, वडाको सार्वजनिक सुनुवाई गरिनुपर्ने र आगजनी भएको सहकारीको जिप चाडो सञ्चालनमा ल्याउनुपर्ने, दोषीलाई चाडोभन्दा चाडो कार्वाहीको दायरामा ल्याउनु पर्ने जस्ता मागहरु राख्दै युवाहरुले वडा कार्यालय तालाबन्दी गरेको स्थानीय देबेन्द्रबहादुर सिंहले जानकारी दिए । सार्वजनिक सुनुवाई नभएसम्म वडा कार्यालयमा लगाएको ताला नखोल्नेसमेत उनले जानकारी दिए ।

गाउँमा सेवा दिदै आएको एकमात्र आमधारा कृषि सहकारीको जिप सहकारीका पदाधिकारीले अन्य गाउँका व्यक्तिलाई भाडामा दिने निर्णय गरेपछि एक साता अघि अज्ञात समुहले उक्त सहकारीको जिपमा आगजनी गरेका थिए । जिपमा आगजनी भएपछि गाउँमा खाद्यान्न लगायतका समानहरु ढुवानी गर्ने असहज भएको भन्दै सहकारीको जिप छिटो सञ्चालनमा ल्याउनुपर्ने युवाहरुको माग छ । पटक(पटक वडाको सार्वजनिक सुनुवाईको माग राख्दा समेत वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले अटेर गर्दे आएको स्थानीयको गुनासो छ ।

वडा कार्यालयले गाउँमा बिजुली बत्तीको लागि आएको केही रकम पनि सहकारीको जिपमा लगानी गरेको तर सहकारीको जिपले चर्को भाडा असुल्दै गाउँमा सेवा दिइरहेको समेत युवाहरुको गुनासो छ ।जयपृथ्वी नगरपालिका ६ नम्बर वडास्थित आमधारा कृषि सहकारीको जिपमा आगजनी गर्ने व्यक्तिको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस अघि पनि वडाको बजेट अनियमिता भएको भन्दै पहिलो पटक तालाबन्दी भएको थियो भने यस पटक पनि उक्त वडामा तालाबन्दी गरिएको यो दोस्रो पटक हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन