बझाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नूभएको छ । जसमा बझाङकी समानुपातिक सांसद आशा कुमारी विकले वन राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन्। भने गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा, वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, वनमा मोहन बाँनिया रहेका छन्।
नव नियुक्त मन्त्रीहरूलाई आजै ४ बजे शपथ गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।