हिँउदे खडेरीका कारण बझाङमा गहुँ उत्पादनमा ह्रास ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा

बझाङ:- बझाङमा खडेरीका कारण हिँउदेवालीको उत्पादनमा ह्रास आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाड लगायतका नदी र खोलाको तटमा रहेका र सिंचाईको सुविधा भएका सिमित क्षेत्र आकासे पानीको भरमा खेती गरिने सबै ठाउ“को उत्पादनमा ह्रास आएको छ । लामो समय सम्म परेको खडेरीका कारण गहुँ, जौ,  केराउ, मसुरो, लगायतका हिउँदेवालीको उत्पादनमा ह्रास आउदा जिल्लामा चरम खाद्य संकट हुने देखिएको छ । खडेरीका कारण अधिकांस क्षेत्रमा लगायतको हिउँदेबाली सुकेर नष्ट भएको छ । उत्पादन घट्दा कृषि मै निर्भर हुने गरेका र न्युन आयश्रोत भएको परिवारले चरम खाद्य संकटको सामाना गर्नुपर्ने अवस्था आएको छ । आकासे पानीको भरमा खेती गर्ने यस क्षेत्रका कृषकहरुमा उत्पादन ह्रास भए संगै भोकमरी हुने चिन्ताले सताउन थालेको छ ।

वाली भित्र्याउने चटारोले व्यस्तहुने कृषकहरु यसपालीको खडेरीले चिन्तित बनेका छन । अहिलेको समयमा कृषकहरुलाई लाई गहुँ, जौं, मसुरो लगायत हिउँदेवाली काट्ने चुट्ने र भित्र्याउने हतारो हुन्थ्यो । यसपालि त खडेरीले अन्नको बोट पनि देख्न पाईएन थलारा गाँउपालिकाका शेरबहादुर खातीले दुखेसो गरे । उनले भने, “यो समयमा हामीलाई खानेबस्ने फुर्सनै हुदैनथ्यो । यसपालि त खेतबारी सबै बाझो भयो । हिंउद भरि पानी परेन । पुस माघमा पानी परे राम्रै उब्जाऊ हुन्थ्यो । खडेरीले खेति किसानी गरेर जिवीका चलाउनेलाई मर्नु न बाँच्नु बनाएको छ ।” हिउँदेवाली खेतमै सुके पछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तडछान्ना गाँउपालिका ७ गोर्खालिका सुर्जन सिंहले बताए । उनले भने, “हिँउदभरि पानी नपरेर पाखा तिर लगाएको वाली सुक्यो । सिचाँई हुने ठाँउमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो अर्का तिर असिनाले सतायो । घरमा अन्न छैन । साँच्चै अनिकाल नै आएको होकि जस्तो लाग्न थाल्यो । उब्जनी नहुँदा खाद्य संकट हुने चिन्ताले सताउन थालेका छ । ”

खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको सुदुरपश्चिम खाद्य अधिकार सजांल टोलीले बझाङमा चरम खाद्य संकट उत्पन्न भई भोकमरीको चपेटामा पर्ने अवस्था आएको बताएको छ । बझाङमा चरम खाद्य संकट हुने भन्दै खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्थापन गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सजांलका संयोजक बलबहादुर रोकायाले बताए । उनले भने, “हामीले थलारा गाउपालीकामा सुख्खा खडेरीले प्रभावित समुदायको प्रारम्भीक तथ्याङक संकलन गरेका थियौ । विभिन्न वडाका १ सय ८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरीको क्षती भएको पाईएको छ । यो खाद्य संकटको उच्चतम विन्दु हो ।” प्रदेश र स्थानिय सरकारले प्रभावित परीवारका लागी तत्काल राहत स्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र बर्षेवालीका लागी बिउ तथा मल निशुल्क उपलव्ध गराउनु पर्ने उनको भनाइ छ ।

आकाशे पानीको भरमा खेती हुने क्षेत्रका किसान सिंचाईको सुविधा भएका क्षेत्र बाहेक आकासे पानीको भरमा खेती गरिने ठाउ“को ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्ला भरी १५ हजार बढी हेक्टरमा हिँउदेवाली लगाएकोमा ६ हजार २ सय हेक्टर क्षेत्रफलमा उत्पादन शुन्य रहेको ज्ञान केन्द्रले जनाएको छ । खडेरीका कारणले जिल्लामा ९ हजार ३ सय ३६ मेट्रिक टन हिउँदे बाली पुर्णरुपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताए । उनले भने, “जिल्लामा कुल खेती योग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाई सुविधा छ । सिंचाई नभएको ठाउँमा लगाएको बाली सुकेर पुरै नष्ट भएको छ । बझाङमा बार्षिक ३२ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । यो जनसंख्याको अनुपातमा पर्याप्त छैन । हरेक बर्ष ७ हजार मेट्रिक टन अपुग हुने गरेको थियो । यसपाली त खडेरीले उत्पादनमा ह्रास ल्याएको छ । सरदरमा यो बर्ष १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ ।” खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई चरम खाद्य संकट हुने बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन