बझाङमा शनिबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि

बझाङ: बझाङमा शनिबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङमा ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १६७ पुगेको छ । कोरोनाका कारण २ जनाको मृत्यु भईसकेको छ । जिल्ला भरि दुई सय महिला र ४५१ पुरुष गरि ६५१ जनाको एन्टिजेन विधि बाट परिक्षण गरिएकोमा १६७ जनामा कोरोना पुष्टि भएको हो ।

कडा खालका लक्षण देखिएका २० जनालाई आईसोलेसनमा राखेर उपचार भईरहेको छ । जिल्ला अस्पतालमा १२ र खप्तडछान्ना गाँउपालिकामा ८ गरी २० जनालाई आईसोलेसनमा राखेर उपचार भईरहेको छ । यस्तै १३२ जना होम आईसोलेसनमा रहेका छन । बझाङमा भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेन्टाइनमा नराखेर सिधै घर पठाउँदा कोरोना संक्रमणको जोखिम बढेको छ । संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमण झन् बढ्दै गएको उनको भनाई छ ।

Bungal Purai
Bithadchir 2
Loading...